मौसम पूर्वानुमान : कहाँ-कहाँ वर्षा र हिमपातकाे सम्भावना छ?

मौसम पूर्वानुमान : कहाँ-कहाँ वर्षा र हिमपातकाे सम्भावना छ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। बुधबार बिहान पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा छ।

दिउँसो प्रदेश १, वाग्मती र गण्डकीका पहाडी क्षेत्रका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। 

राति देशका पहाडी भूभागमा बदली रहनेछ। बिहीबार प्रदेश १, वाग्मती र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको आँकलन गरिएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

बुधबार

दिउँसो : प्रदेश १, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको  पहाडी भू-भागहरुमा  आँशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षा  र उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति:  देशका पहाडी भू-भागहरुमा आँशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

बिहीबार 

दिउँसो : देशको  पहाडी भू-भागहरुमा  आँशिकदेखि सामान्य बदली रही वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति :  प्रदेश १, बागमती र गण्डकी प्रदेशको  पहाडी भू-भागहरुमा  आँशिकदेखि सामान्य बदली र लुम्विनी र कर्णाली प्रदेशका पहाडी भूभागमा आँशिक बदली रही वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षा  र उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

शुक्रबा

दिउँसो : प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको  पहाडी भू-भागहरुमा आँशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली  रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षा  र उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति :  देशका पहाडी भू-भागहरुमा  आँशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी  २४  घण्टाका  लागि  चेतावनी  तथा  परामर्श 

देशका प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहनुको साथै देशभर चिसो वढ्ने क्रममा समेत रहने देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

Recent Comments

No comments to show.