काठमाडौं । नेकपा एमालेले आसन्न दसौं महाधिवेशनका लागि अध्यक्ष मण्डल र माइन्युट कमिटि बनाएको छ। मंगलबार बसेको स्थायी कमिटी बैठकले ११ सदस्यीय अध्यक्ष मण्डल बनाएको हो।
जसमा पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, महाचिव ईश्वर पोखरेल, नेता सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा रहेको अध्यक्ष मण्डल बनाएको हो।
त्यस्तै माइन्युट कमिटी पनि बनाइएको छ। जसमा पृथ्वी सुब्बा गुरुङ, सूर्य थापा, विष्णु रिजाल, मनोज थापा, ठाकुर गैरे, गोविन्द नेपाली र ज्वालाकुमारी साह रहेको एमालेले जनाएको छ।
प्रतिक्रिया