दशरथ रंगशालामा आज (शनिबार) भएको शहीद स्मारक ‘ए’ डिभिजन लिग खेलमा त्रिभुवन आर्मी र टिम एनआरटी क्लबसँग गोलरहित बराबरीमा रोकिएको छ ।
खेलको इन्जुरी समयमा जुनियर निकेनगुएले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा एनआरटी १० खेलाडीमा समेटिएको थियो ।बराबरीसँगै आर्मीले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउने मौका गुमाएको छ ।
आर्मीले ८ खेलमा १७ अंक जोडेको छ । एनआरटीले ८ खेलमा १२ अंक जोडेको छ ।
प्रतिक्रिया