खुमलटारमा प्रचण्ड र विप्लवबीच भेट, तत्काल सहकार्य गरेर जाने

खुमलटारमा प्रचण्ड र विप्लवबीच भेट, तत्काल सहकार्य गरेर जाने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेचविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।

माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीच एकीकरणको चर्चा चलिरहेका बेला विप्लवले शनिबार बिहान खुमलटार पुगेर प्रचण्डलाई भेटेका हुन् ।

भेटमा उनीहरुबीच दुई पार्टीबीच सहकार्य गरेर जाने, मुलुकको वर्तमान जटिल राजनीतिक अवस्थालाई कसरी निकास दिने भन्ने विषयमा सकारात्मक छलफल भएको स्रोतले जानकारी दियो ।

भेटमा एकताका लागि पहल गरिरहेका माओवादी केन्द्रका प्रवक्तासमेत रहेका नेता नेता कृष्णबहादुर महरा समेत सहभागी थिए । शनिबार बिहान महराले नै विप्लवलाई प्रचण्डको निवास खुमलटार लगेर गएका थिए ।

Recent Comments

No comments to show.