‘जनगणनामा सही तथ्यांक प्राप्त गर्न नसकिने भन्ने भ्रम फैलाउनु गलत’- तथ्यांक विभाग

‘जनगणनामा सही तथ्यांक प्राप्त गर्न नसकिने भन्ने भ्रम फैलाउनु गलत’- तथ्यांक विभाग

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले गणकबाट सही तथ्यांक प्राप्त गर्न नसकिने भनेर सामाजिक सञ्जालमा अभियान चलाइनु गलत भएको बताएको छ ।

गणकबाट सही तथ्यांक प्राप्त गर्न नसकिने भन्ने भ्रम फैलाएर संस्थागत निर्णय अनुसारकै उत्तर दिन भन्दै सामाजिक सञ्जालमा अभियान चलाइएपछि विभागले मंगलबार एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएको हो ।

विभागले गणकलाई विश्वास गर्न र सही तथ्यांक टिपाउन समेत आम सर्वसाधारणमा आह्वान गरेको छ । विज्ञप्तिमा भनिएको छ -‘यही कार्तिक २५ बाट सुरु भएको राष्ट्रिय जनगणना २०७८ को मुख्य गणना कार्य आगामी मंसिर ९ गते समापन हुँदैछ।

केही व्यक्ति तथा संस्थाहरूबाट व्यक्त स्थलगत तथ्याङ्क सङ्कलन कार्यमा संलग्न केही गणकहरूको कामबाट सही तथ्याङ्क प्राप्त गर्न नसकिने भन्ने खालका विचारहरू तथा केही व्यक्ति तथा संस्थाहरूले उत्तरदातालाई आफ्नो संस्थागत निर्णय अनुरूपको उत्तर दिन लिखित वक्तव्य प्रसारण गरिएका विषयहरु प्रति विभागको गम्भीर ध्यानाकर्षण भएको छ।

जनगणना प्रश्नावलीलाई अन्तिमरूप दिन विभिन्न जातजाति, भाषिक, धार्मिक, लैङ्गिक, अपाङ्गता तथा अन्य सरोकारवाला समुदायर संघसंस्था र विषय विज्ञहरुसँग पटक पटक छलफल गरिएको थियो।

प्राप्त सुझावहरुमा विषयगत समितिहरू र प्राविधिक समितिमा पनियथेष्ट मात्रामा छलफल गरी अन्तिमरूप दिने कार्य भएको थियो।प्रश्नावली निर्माण लगायत अन्य गणना कार्यहरू गर्दाराष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास समेत अवलम्बन गरिएको थियो।

तथ्याङ्क ऐन २०१५ बमोजिम स्थापित केन्द्रीय तथ्याङ्क विभाग तथ्याङ्क संकलन, प्रशोधन, प्रकाशन, वितरण तथा भण्डारण गर्ने राज्यकै एक स्वतन्त्र निकाय भएकाले यसले कसैको पनि पक्ष वा विपक्षमा काम नगर्ने सरोकारवाला सबैलाई थाहा भएकै विषय हो।

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क संकलन कार्यका लागि देशैभर करिब ४०,००० गणक र ८,५०० सुपरिवेक्षक जसमा ५०५ महिला, ५०५ पुरुष र उपलब्ध भएसम्म स्थानीय तहकै व्यक्तिहरू पर्ने गरी खुला बजारबाट छनौट गरिएको छ।

उहाँहरूलाई आवश्यक सबै तालिम दिएर मात्र तथ्याङ्क संकलन कार्यमा खटाइएको छ। उहाँहरूबाट निष्पक्ष रुपमा कार्य सम्पादन हुने कुरामा हामी विश्वस्त छौं।

जनगणनामा प्रयोग हुने अवधारणा, परिभाषा, विधि लगायत प्रत्येक प्रश्नको विस्तृतरूपमा व्याख्यासहित तयार गरिएको गणना पुस्तिकाको आधारमा नै तथ्याङ्क संकलन गर्ने काम हुन्छ र सोहीबमोजिम विभागबाट गणक तथा सुपरिवेक्षकहरुलाई निर्देशन समेत भइसकेको छ।

गणकहरूबाट तथ्याङ्क संकलनका क्रममा केही प्रश्नहरूमा सुन्नमा आएका केही नकारात्मक कुराहरूको सन्दर्भमा यसको सत्यरतथ्य बुझी आवश्यक निर्देशन दिने काम विभागले गरिरहेको छ र भएको छ।

यथार्थ भन्दा फरक आफ्नो व्यक्तिगत वा संस्थागत निर्णय अनुरूपको उत्तर उत्तरदातालाई दिन अभिप्रेरित गर्नाले पनि सही तथ्याङ्क संकलन गर्न नसकिने तथ्य जगजाहेरै छ।

तसर्थ संकलन गरिने तथ्याङ्कको गुणस्तर अभिवृद्धिका लागि उपयुक्त समाधान खोज्नुपर्ने हुन्छ। स्थलगत तथ्यांक संकलन कार्यलाई प्रभाव पार्ने, कार्यरत कर्मचारीहरूबाट भइरहेको निष्पक्ष कार्यलाई दुरुत्साहित गर्ने, कर्मचारीहरुको जिउज्यानमा खतरा हुने कुनै पनि किसिमको विचार तथा वक्तव्य दिने कार्यले आपसी द्वन्द्व बढाउने र जनगणना कार्यमा प्रतिकूल प्रभाव पर्ने हुँदा राष्ट्रिय जनगणना सञ्चालन निर्देशिका, २०७७ को पूर्ण पालना गर्नुहुन सम्बन्धित सबैमा केन्द्रीय तथ्याङ्क विभाग हार्दिक अनुरोध गर्दछौं ।’

जनगणना गर्ने क्रममा गणकहरूले प्रश्नावली मनपरी सोधेको भन्दै मंगलबार आदिवासी जनजाति संगठनहरूले तथ्‍यांक विभागको ध्यानाकर्षण गराउँदै प्रश्नावलीमा रहेका हेलचेक्र्याइँ सच्याउन माग गरेका थिए ।

Recent Comments

No comments to show.