तीन सातामा चार लाखले भरे ‘ड्राइभिङ लाइसेन्स’ परीक्षाको लागि आवेदन

तीन सातामा चार लाखले भरे ‘ड्राइभिङ लाइसेन्स’ परीक्षाको लागि आवेदन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  लामो समयसम्म अवरूद्ध रहेको चालक अनुमतिपत्र भर्नेको संख्या तीन सातामा नै झण्डै चार लाख पुगेको छ।

यातायात व्यवस्था विभागले कात्तिक ८ गतेदेखि आवेदन पुनःखुलाएको थियो। दुई वर्षयता नियमितरूपमा सेवा चालू नभएकाले पनि थोरै समयमा धेरैको आवेदन परेको यातायात व्यवस्था विभागले जनाएको छ।

कात्तिकभन्दा पहिलेसम्म झण्डै दुई लाख आवेदन दिएकाको परीक्षा लिन बाँकी रहेकामा अहिले त्यो संख्या झण्डै छ लाखको हाराहारीमा पुगेको विभागका प्रवक्ता लोकनाथ भुसालले बताए।

कोभिड संक्रमणका कारण यातायात व्यवस्था कार्यालयलले परीक्षा लिने अवस्था नहुँदा आवेदन स्थगित गरिएको थियो।

विभागले आवेदन लिइरहँदा यातायात व्यवस्था कार्यालयले पनि नियमितरूपमा परीक्षा सञ्चालन गरिरहेका छन्। दैनिकरूपमा नयाँ आवेदन दिने बढिरहेको विभागका प्रवक्ता भुसालले बताए।

कात्तिकको दोस्रो सातादेखि नै आवेदन पुनःखुलाइएको भए पनि बीचमा झण्डै चार दिन अवरूद्ध भएको थियो। एकैपटक धेरै सेवाग्राहीले आवेदन भर्न खोज्दा समस्या आएको प्रवक्ता भुसालले बताए।

गत वर्ष पनि विभागले अनलाइन फाराम खुलाउनासाथ भर्न नसकिने समस्या देखिएको थियो।

सेवाग्राहीको चापका आधारमा पनि सफ्टवेयरको क्षमता बढाइएकाले अहिले समस्या नआएको विभागले जनाएको छ।

उनले भने, ‘अहिले अपडेट गरेपछि फारम बुझाउन सकिएन भन्ने गुनासो छैन।’

विसं २०७६ चैतमा कोभिडका कारण सरकारले बन्दाबन्दी लागू गरेसँगै नयाँ चालक अनुमतिपत्रको परीक्षा रोकिएको थियो।

गत वर्ष माघमा संक्रमण कम भएको भन्दै अनलाइन फाराम खुलाइएको भए पनि संक्रमण पुनःबढेपछि स्थगित भएको थियो। दुई वर्षयता नियमितरूपमा परीक्षा हुन नसकेकाले धेरै सेवाग्राही परीक्षामा सहभागी हुन पाइरहेका छैन रासस

Recent Comments

No comments to show.