काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकले प्रदेश अधिवेशनका लागि संयोजक तोकेको छ ।
आइतवार बुढानीलकण्ठस्थित सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बसेको केन्द्रीय समिति बैठकले १६(१७ मंसिरमा हुने प्रदेश निर्वाचनका लागि सात केन्द्रीय नेतालाई संयोजक तोकेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
बैठकले प्रदेश १ मा कृष्णप्रसाद सिटौला, प्रदेश २ मा रमेश रिजाल, बागमतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडूलाई अधिवेशनका लागि संयोजकको जिम्मेवारी दिएको केन्द्रीय सदस्य गगनकुमार थापाले जानकारी दिए ।
प्रतिक्रिया