चुनावमा गठबन्धन हुन्न, कांग्रेस एक्लै लड्ने हो : शेरबहादुर देउवा

चुनावमा गठबन्धन हुन्न, कांग्रेस एक्लै लड्ने हो : शेरबहादुर देउवा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी चुनावमा गठबन्धन गर्नेबारे कसैसँग कुनै सहमति नभएको स्पष्ट पारेका छन्। केन्द्रीय कार्यसमितिको बैठकमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा देउवाले चुनावमा सामेल गर्ने विषयमा कुनै सहमति नभएको स्पष्ट बताएका हुन्।

आइतबार बसेको बैठकमा नेता प्रकाशमान सिंहले ‘निर्वाचनमा पनि तालमेल हुन्छ भन्ने आइरहेको छ नि?’ भन्दै जिज्ञासा राखेका थिए। जवाफमा देउवाले चुनावबारे कुरै नभएको बताए। ‘सरकार त रहन्छ, चुनावी गठबन्धन हुन्छ कहाँ भनेको छु मैले? कसैसँग पनि गठबन्धन हुन्नँ। एक्लै लड्ने हो,’ उनले भने, ‘गठबन्धन गर्ने भनेर कसैसँग कुनै सहमति भएको छैन।’

प्रधानमन्त्री देउवाले गठबन्धन दलहरूबीच बनेको राजनीतिक समन्वय समिति राष्ट्रियसभा चुनावसम्ममात्रै सक्रिय हुने दोहोर्‍याए। गत कात्तिक २२ मा बसेको सत्ता गठबन्धनको बैठकले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा ११ सदस्यीय राजनीतिक संयन्त्र (समन्वय समिति) गठन गरेको थियो।

Recent Comments

No comments to show.