नुवाकोटमा ५८ हजार रुपैयाँसहित ५ जना जुवाडे पक्राउ

नुवाकोटमा ५८ हजार रुपैयाँसहित ५ जना जुवाडे पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । जिल्ला प्रहरी कार्यालय नुवाकोटले ५८ हजार रुपैयाँसहित ५ जना जुवाडेलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा   विदुर नगरपालिका १२  का  हरिशरण रिमाल, भिम बहादुर तामाङ, विदुर १ का राजकुमार उप्रेती, विदुर ४ का पवनमान श्रेष्ठ र दिनेश श्रेष्ठ रहेका छन् ।

विदुर नगरपालिका वडा नम्बर ४ बट्टारको रातो भाले नाम गरेको होटलमा जुवातास खेलिरहेको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरुलाई नगद ५८ हजार सहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूबारे थप अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

Recent Comments

No comments to show.