काठमाडौं । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी ‘प्राविधिक’ र स्वास्थ्य सेवा ‘आठौं, सातौं’ मा स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ ।
आयोगले आज बुधबार गोरखापत्रमा सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगिताका लागि विज्ञापन आह्वान गरेको हो ।
तृतीय श्रेणी प्राविधिकमा १६३ जनाका लागि विज्ञापन आह्वान भएको छ भने संघीय संसद सेवा ‘प्राविधिक’ का लागि ७ सिट छुट्याइएको छ ।
यसैगरी, स्वास्थ्य सेवा आठौँ तहका लागि ४२ र स्वास्थ्य सेवा सातौँ तहका लागि ५६ जना माग गरिएको छ । १४ मंसिरभित्र आवेदन दिइसक्नुपर्ने पनि आयोगले जनाएको छ ।
प्रतिक्रिया