आईसीसी टी-२०ः भारतको लगातार दोस्रो हार, न्युजिल्यान्डसँग ८ विकेटले पराजित

आईसीसी टी-२०ः भारतको लगातार दोस्रो हार, न्युजिल्यान्डसँग ८ विकेटले पराजित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उपाधी दाबेदार भारत आईसीसी टी-२० विश्वकप क्रिकेटमा लगातार दोस्रो हार ब्यहोरेको छ। आइतबार सुपर-१२ को समूह-२ को खेलमा भारत न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएको हो। योसँगै भारतको सेमिफाइनलमा यात्रा कमजोर भएको छ। न्युजिल्यान्डले भने सेमिफाइनल यात्रा बलियो बनाएकाे छ।

जीतका लागि १११ रनको  लक्ष्य पछ्याएको न्युजिल्यान्डले १४ ओभर ३ बलमा  पूरा गर्‍याे। न्युजिल्यान्डका ओपनर डर्याल मिचेलले सर्वाधिक ४९ रनको योगदान दिए। कप्तान केन विलियम्सन  ३३ रनमा अविजित रहे।

यसअघि दुबईमा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११० रन मात्र बनायो। रविन्द्र जडेजाले सर्वाधिक २६ रनको योगदान दिए। हार्दिक पान्ड्याले २३ रन बनाए। अन्य कुनै पनि खेलाडी क्रिजमा चल्न सकेनन्।

न्युजिल्यान्डका तीव्रगतिका बलर ट्रेन्ट बोल्टले  ३ विकेट लिए। स्पिनर ईश सोधीले २ विकेट लिए।

भारत पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो।

सुपर-१२ को समूह-२ मा पाकिस्तान ३ खेलमा ३ जीतका साथ ६ अंकसहित शीर्ष स्थानमा छ। अफगानिस्तान दोस्रो स्थानमा छ। न्युजिल्यान्ड  तेस्रो स्थानमा छ। नामिबिया  चौथो स्थानमा रहदा भारत र स्कटल्यान्ड क्रमश: पाँचौं र छैटौं स्थानमा छन्।

समूह-१ मा इंग्ल्यान्ड ३ खेलमा ३  जितका साथ ६ अंक जोड्दै शीर्ष स्थानमा छ। 

Recent Comments

No comments to show.