यही दशकभित्र पोखरालाई स्मार्ट बनाउने घोषणा

यही दशकभित्र पोखरालाई स्मार्ट बनाउने घोषणा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा । सन् २०३० भित्र पोखरामा स्मार्ट र सुरक्षित यातायात व्यवस्था कार्यान्वयन गर्ने घोषणा गरिएको छ । बाबा फाउण्डेसन र पोखरामा रहेका रोटरी क्लबहरूले आयोजना गरेको स्मार्ट मोबीलिटी इन पोखरा नामक सेमिनारका क्रममा यहाँका सरोकारवालाहरूले १० बुँदे साझा घोषणापत्र सार्वजनिक गरेका हुन् ।

सडकमा हुने दुर्घटना न्यूनीकरण गर्दै यही दशकमा सडक दुर्घटनाबाट हुने मृत्युमा ५० प्रतिशत न्यूनीकरण गर्ने गरी कार्यक्रम लागू गर्न सबै सहमत भएका छन् । पैदल यात्रु र सवारी चालकका लागि ट्राफिक नियमका बारेमा चेतना बढाउँदै कार्यान्वयन गर्न लगाउने, प्राज्ञिक अनुसन्धानको विधि प्रयोग गरी सुन्दर यातायात पूर्वाधारको निर्माण गरी यात्रा समयमा सुधार ल्याउने, विद्युत् प्राधिकरण, खानेपानी संस्थान, ढल विकास र टेलिकम लगायत विभिन्न सरोकारवालाबीच समन्वय गरी शहरी पूर्वाधार निर्माणमा समग्र सामञ्जस्ययता कायम गर्ने घोषणा गरिएको छ ।

यस्तै, स्तरीय पूर्वाधारको निर्माण गरी सफ्टवेयर सहितको सहरी यातायात गुरुयोजना लागु गर्ने, पैदल यात्री, साइकल यात्री र अपाङ्गता भएकाहरूको सुविधासमेत समावेश गरी प्रभावकारी सार्वजनिक यातायातमा प्राथमिकता दिने साझा लक्ष्य कायम गरिएको छ । पोखराले १० बुँदे घोषणापत्र जारी गरी पोखराको यातायातलाई अझै व्यवस्थित बनाउने योजना छ ।

सडक छेउमा पार्क बनाउने र संरक्षण गर्ने, स्मार्ट यातायातको योजन र प्रभावकारी कार्यान्वयनमा जोड दिने तथा त्यसको कार्यान्वयनबारे अनुगमन गर्न समूह गठन गर्ने निर्णय भएको छ । यसमा प्रदेश सरकार, पोखरा महानगर, विद्युत् प्राधिकरण, दूरसञ्चार, खानेपानी संस्थान, ट्राफिक प्रहरी कार्यालय, रोटरी क्लव्स ३२९२, बाबा फाउण्डेसन र निजी क्षेत्रको प्रतिनिधिले यसमा सहमति जनाएका छन् ।

Recent Comments

No comments to show.