शेयर बजारमा उच्च अंकको वृद्धि, २६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

शेयर बजारमा उच्च अंकको वृद्धि, २६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साताको कारोबारको दोस्रो दिन शेयर बजारमा हरियाली छाएको छ ।

साताको कारोबारको पहिलो दिन २७.५१ अंकले बढेता पनि सोमबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८७.६३ अंकले बढेर २६७२.२५ विन्दुमा पुगेर बजार बन्द भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२९ कम्पनीको ४ अर्ब ३० करोड ८८ लाख ९५ हजार ५४७ रुपैयाँ बराबरको ८३ लाख ९५ हजार ८६४ कित्ता शेयर किनबेच भएका छन् ।

धेरै कमाउनेमा फाइनान्सका लगानीकर्ता रहेका छन् । बैंकिङ समूहको शेयर ३७ अङ्कले, विकास बैंकको ३ सय २, होटलको ८१ फाइनान्सको १७६ ,माइक्रोफाइनान्सको १२१ र जलविद्युत् समूहको शेयर २०० अङ्कले बढेको छ ।

यस्तै उत्पादन समूहको शेयर एक सय ४३ अङ्कले, जीवन बीमा समूहको ५३७ अङ्कले, निर्जीवन बीमा समूहको ४६७ र अन्य समूहको शेयर ४६ अङ्कले बढेको छ । आज कारोबार भएका सबै समूहमा हरियाली छाएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये १८ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, १५ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ भने ९ कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले बढेको छ ।

नेप्सेका अनुसार आज सांग्रिला डेभलपमेन्ट बैंक डिभेञ्चर २०८७ को शेयरमूल्यमा उच्च गिरावट आएको छ । यसको शेयरमूल्य आज ४ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ ।

यसको १६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, अपी पावर र सिद्धार्थ बैंकको १३१३ करोड बढीको कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष तीनमा रहे ।

उच्च अंकले बढेको बजारमा आज साढे २ दर्जन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मल्टी प्रपोज फाइनानस, सिनर्जी पावर, हिमालयन पावर, गुह्येश्वरी मर्चेन्ट, नेपाल हाइड्रो, शिवश्री हाइड्रो, दिब्यश्वरी हाइड्रो, राधी विद्युत्, गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट, सांग्रिला डेभलपमेन्ट बैंक, सेन्टर फाइनानन्सको मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यसैगरी, अरुण काबेली, युनिभर्सल पावर, युनियन, हिमाल दोलखा, ग्रीन लाइफ हाइड्रोपार र बेस्ट फाइनान्सका सेयरधनीले पनि ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

त्यस्तै, अरुण भ्याली, युनाइटेड इदी मार्दी, आँखुखोला, वरुण हाइड्रोपावर, एभरेष्ट इन्स्योरेन्स, माउन्टेन इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक, जोशी हाइड्रोपावर, माउन्टेन हाइड्रो र प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

Recent Comments

No comments to show.