‘एक्स-९’ मा सुनील सेठ्ठीले खेल्ने पक्का, दिए १२ दिन

‘एक्स-९’ मा सुनील सेठ्ठीले खेल्ने पक्का, दिए १२ दिन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बलिउडका चर्चित अभिनेता सुनिल शेट्टीले नेपाली फिल्म खेल्ने पक्का भएको छ। उनले मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको फिल्म ‘एक्स नाइन’मा अभिनय गर्ने पक्का भएको हो।

मल्टिस्टारर एक्सन फिल्मको रूपमा प्रचार गरिएको यो फिल्ममा अनमोल केसी, सौगात मल्ल, पुष्प खड्कालगायतका कलाकार अनुबन्धित भइसकेका छन् । 

भारतीय अभिनेता सुनील ‘एक्स-९’ मा खलअभिनयमा देखापर्ने बताइएको छ । निर्देशक मुकुन्दलगायतको टिमले केही साताअघि मुम्बई पुगेर सुनीललाई भेटेको थियो । उनले यस फिल्मका लागि जम्मा १२ दिन समय दिने र त्यस अवधिमा उनको भागमा पर्ने सुटिङ सकाइने बताइएको छ ।

१२ दिनमध्ये सुनीलका दृश्य ६ दिन काठमाडौ र बाँकी ६ दिन स्कटल्यान्डमा खिचिने बताइएको छ । फिल्ममा को अभिनेत्री हुनेछिन् ? त्यो भने अहिलेसम्म सार्वजनिक गरिएको छैन । निर्देशक मुकुन्दले यसअघि ‘वार’, ‘लप्पन छप्पन’ र ‘लप्पन छप्पन-२’ फिल्म निर्देशन गरेका छन् । 

Recent Comments

No comments to show.