काठमाडौ । आज सोमबार मन्त्रिपरिषद् बैठक बस्दै छ। दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार मन्त्रिपरिषद् बैठक बस्ने भएको हो।
बैठकमा विभिन्न मन्त्रालयका नियमित एजेण्डाबारे छलफल हुने एक मन्त्रीले जानकारी दिए ।
साथै, आजको बैठकमा देशका विभिन्न जिल्लामा बाढी पहिरोले पुर्याएको क्षति र पीडितलाई राहतको व्यवस्थाबारे निर्णय हुनेछ । पछिल्लो समय बाढी र पहिरोका कारण मानवीय र भौतिक क्षति भएपछि सरकारले राहत प्याकेज घोषणा गर्ने तयारी गरेको हो।
प्रतिक्रिया