समूह विजेताका लागि कनकाई र बागमतीको प्रतिस्पर्धा

समूह विजेताका लागि कनकाई र बागमतीको प्रतिस्पर्धा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं।झापाको कनकाइ नगरपालिका र सर्लाहीको बागमती नगरपालिकाबीच उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको समूह ‘ए’  विजेताको लागि प्रतिस्पर्धा हुँदैछ।

सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने दिनको दोस्रो खेलमा दुई टोलीबीच प्रतिस्पर्धा हुन लागेको हो। खेल मध्यान्ह १२ बजे हुनेछ। 

समूह ‘ए’ मा दुवै टोलीले दुई खेलबाट समान ६ अंक जोडेका छन्। यो खेलको विजेता समूह विजेता बन्दै नकआउट चरणमा पुग्नेछ। यदि बराबरीले भने गोल अन्तरका आधारमा कनकाई नकआउट चरणमा स्थान बनाउनेछ।

दिनको पहिलो खेलमा बिहान ९ बजेपछि महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिका आमुनेसामुने हुनेछन्। दुई टोलीबीच प्रतिष्ठाको लडाइँ हुनेछ। दुवै टोली अंकविहीन रहँदै समूह चरणबाट यसअघि नै बाहिरिसकेका छन्। त्यसैले दुबै टोली पहिलो जितको खोजीमा हुनेछन्। 

अन्तिम खेलमा दिउँसो ३ बजे समूह ‘बी’ अन्तर्गत कालिका नगरपालिका र ललितपुर महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ। यस खेलको विजेताले समूह विजेता बन्दै नकआउट चरणमा स्थान पक्का गर्नेछ। 

कालिका र ललितपुर नगरपालिकाले एक खेलबाट समान ३ अंक जोडेका छन् र समान १० गोल पनि रहेको छ। यस समूहबाट कागेश्वरी नगरपालिका दुई खेलमा अंकविहीन रहँदै समूह चरणबाट बाहिरिसकेको छ। 

यसअघि समूह ‘डी’ अन्तर्गत झापाको शिवसताक्षी नगरपालिका र समूह ‘सी’ अन्तर्गत बर्दियाको बाँसगढी नगरपालिकाले शतप्रतिशत जितसहित नकआउट चरणमा स्थान सुरक्षित गरिसकेका छन्। 

उपमेयर कपको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन्। प्रतियोगितामा सहभागी ३१ टोलीलाई १० समूहमा विभाजन गरिएको छ। यस्तै प्रतियोगिताको विजेताले पाँच लाख रुपैंयाँ र उपविजेताले तीन लाख रुपैंयाँ प्राप्त गर्नेछन्।

Recent Comments

No comments to show.