एएनपी नेशनल अवार्डस-२०२१ आयोजना हुँदै

एएनपी नेशनल अवार्डस-२०२१ आयोजना हुँदै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  विगत २४ वर्षदेखि शैक्षिक तथा १५ वर्षदेखि इभेन्ट र मनोरञ्जनको क्षेत्रमा विभिन्न फलदायी तथा स्तरीय राष्ट्रिय कार्यक्रम आयोजना गरेर लोकप्रियता कमाउन सफल अल नेपाल पब्लिकेसन (एएनपी) मिडिया हाउसले चलचित्र, संगीत र फेसन क्षेत्रका स्रष्टा र सर्जकको सम्मानमा एएनपी नेशनल अवार्डस-२०२१ आयोजना गर्ने भएको छ।

स्रष्टा र सर्जकको सम्मानमा पहिलोपटक एएनपी नेशनल अवार्डस-२०२१ आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष लबबहादुर कार्कीले जानकारी गराएका छन्। उनका अनुसार आगामी कात्तिक १५ गते राजधानीको बत्तीसपुतलीस्थित तीनतारे होटल इम्पेरियलमा आयोजना गरिने कार्यक्रममा विभिन्न क्षेत्रमा क्रियाशिल स्रष्टा र सर्जकलाई सम्मान गरिनेछ। चलचित्र, संगीत र फेसनको क्षेत्रमा विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ। यसका लागि निःशुल्करुपमा आवेदन भर्न सकिने कार्कीले जानकारी गराए।

उनका अनुसार फेसन क्षेत्र अन्तर्गत मोडल र कोरियोग्राफरका अलावा इभेन्ट आयोजक तथा व्यबस्थापकहरुलाई समेत प्रोत्साहित गर्न ती विधामा समेत अवार्डको ब्यबस्था गरिएको छ। शम्भुप्रसाद रेग्मीको संयोजनमा हुने कार्यक्रममा विभिन्न मनोरञ्जक प्रस्तुति प्रस्तुत गरिने अध्यक्ष कार्कीले जानकारी गराए।

Recent Comments

No comments to show.