आर्यन खानसँग अनन्या पाण्डेको ड्रग्स कनेक्सन

आर्यन खानसँग अनन्या पाण्डेको ड्रग्स कनेक्सन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय अभिनेत्री अनन्या पाण्डेको घरमा बिहिबार नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले छापा मारेको छ।

आर्यन खानसँग जोडिएको क्रुज ड्रग्स पार्टी केसको छानबिन गर्ने क्रममा एनसिबीले अनन्याको मुम्बईस्थित घरमा छापा मारेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।  

भारतीय सञ्चार माध्यमका अनुसार एनसिबी छापाबारे विस्तृत विवरण बाहिर आउन बाँकी छ । इन्टरनेटमा सार्वजनिक एउटा भिडिओमा अभिनेत्री अनन्याको घरबाट एनसिबीका पदाधिकारीहरु निस्किरहेको र उनीहरुले अनन्याका केही सामान साथ लगेको हुनसक्ने उक्त सञ्चार माध्यमले जनाएको छ ।

एन्टी ड्रग्स एजेन्सी एनसिबीले गत असोज १७ गते मुम्बईको एउटा पानीजहाजमा छापा मारेर शाहरुख खानका छोरा आर्यनलाई पक्राउ गरेको थियो।

एनसिबीले अनुसन्धानका क्रममा आर्यनसँग अनन्या पनि यो केसमा जोडिएको हुनसक्ने बताएको खबर बाहिरिएको थियो । अनन्यालाई स्पष्टिकरणका लागि एनसीबले उपस्थित हुनुपर्ने पत्र दिएको बताइएको छ ।

अनन्या भारतीय चर्चित अभिनेता चंकी पाण्डेकी छोरी हुन् ।

Recent Comments

No comments to show.