बैंकिङ प्रणालीमा तरलता प्रवाह हुँदै १० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा तरलता प्रवाह हुँदै १० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बैकिङ प्रणालीमा तरलता बढ्दै गएपछि राष्ट्र बैंकले १० अर्ब रुपैयाँ पठाउने भएको छ ।

बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले बिहीवार सात दिन अवधिको रिपो जारी गर्न लागेको हो ।

वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले यही कात्तिक ११ गते परिपक्व हुने रिपो बोलकबोलमार्फत खरिद गर्न सक्नेछन् ।

राष्ट्र बैंकले जारी गर्ने रिपो लिन गर्न चाहने बैंक तथा वित्तीय संस्थाहरुले विहीबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ मार्फत आवेदन गर्न सक्नेछन् ।

बजारमा तरलताको अभावले बैङ्क तथा वित्तीय संस्थाले निक्षेप सङ्कलन गर्न ब्याजदर बढाउन थालेका छन्।

निक्षेप बढाउन र आफ्नो निक्षेप बाहिर जान नदिन बैङ्क तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको सुरुआतमै दुई अङ्कको ब्याजदर कायम गरेका थिए।

त्यसरी बैङ्क तथा वित्तीय संस्थाले आफूखुसी ब्याजदर असाधारण रूपमा बढाएको भन्दै ब्याजदर व्यवस्थित गर्न राष्ट्र बैङ्कले मङ्गलवार तीन बुँदे निर्देशन जारी गरेको थियो।

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा नेपाल राष्ट्र बैंकले अल्पकालीन (अधिकतम सात दिनको) अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण ‘रिपो’ हो ।

यस उपकरणको निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको अर्थात बैंक तथा वित्तीय संस्थाहरूको राष्ट्र बैंकमा रहेको खातामा नेपाल राष्ट्र बैंकले बाँडफाँड अनुसारको रकम जम्मा गरिदिने भएकोले तोकिएको समयावधिको लागि तरलता प्रवाह हुन जान्छ ।

बैंकिङ प्रणालीमा लगानी योग्य पुँजी (तरलता) अत्याधिक भएपछि राष्ट्र बैंकले तरलता प्रशोचन (वित्तीय प्रणालीबाट खिच्ने) रिभर्स रिपो जारी गर्ने गर्छ ।

नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रमा तरलता सन्तुलन कायम गर्न बेला बेलामा विभिन्न उपकरणहरु जारी गर्ने गर्छ। राष्ट्र बैंकले बजारमा तरलता अधिक हुँदा खिच्ने र कम भएमा विभिन्न उपकरणमार्फत तरलता पठाउने गर्छ।

Recent Comments

No comments to show.