काठमाडौं । खोटाङ, कञ्चनपुर र रुपन्देहीका विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् ।
खोटाङ, मझुवागढि नगरपालिका-८ हिटिधारा बस्ने ३५ वर्षीय कुमार बानियाँ सोही ठाउँस्थित गाईवस्तु बाँध्ने गोठमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
कञ्चनपुर, चाँदनी नगरपालिका-१० सुर्खेति टोलस्थित चन्द्र बहादुर सुनारको घरको आगनमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
रुपन्देही, बुटवल उपमहानगरपालिका-९ ईटाभट्टीस्थित सडकमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा छुट्टाछुट्टै अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया