बाढी पहिरो : घर भत्किएका प्रतिपरिवारलाई ५० हजार दिने सरकारको निर्णय

बाढी पहिरो : घर भत्किएका प्रतिपरिवारलाई ५० हजार दिने सरकारको निर्णय

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले अविरल वर्षाका कारण गएको बाढी तथा पहिरोमा परी घर भत्केकाका परिवारलाई तत्काल प्रतिधुरी ५० हजार दिने निर्णय गरेको छ ।

सिंहदरबारमा बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले राहत दिने निर्णय गरेको हो।

यस्तै अन्य कृषिबालीलगायतका क्षतीका सन्दर्भमा आवश्यक अध्ययन गरेर त्यसका आधारमा क्षतिपूर्ति दिने निर्णय भएको छ ।

त्यसका लागि कृषि मन्त्रालयको संयोजकत्वमा देशभर भएका क्षतिको लकत संकलन गरिने देउवाको सचिवालयले जनाएको छ। गत शनिबारदेखि परेको पानीले देशका विभिन्न भागमा जनधनको क्षति भएको छ।

त्यस्तै बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख उपलब्ध गराइने गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए ।

घर निर्माणका लाथि जग्गाको अभाव हुनेका लागि थप ३ लाख पनि उपलब्ध गराइनेछ ।

बुधबार अपरान्हसम्म देशभर बाढी र पहिरोमा परी ४८ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता छन्। कयाौं ठाउँमा धानबाली बगाएको छ।

Recent Comments

No comments to show.