झण्डै तीन महिनापछि मन्त्रिपरिषदले पायो पूर्णता, यस्तो छ कार्यविभाजन

झण्डै तीन महिनापछि मन्त्रिपरिषदले पायो पूर्णता, यस्तो छ कार्यविभाजन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेका छन् ।

शुक्रबार देउवाले मन्त्रिपरिषद विस्तार गरेर सपथका लागि राष्ट्रपति कार्यालयमा सिफारिस पठाएका छन् ।

देउवाले राष्ट्रपतिको पठाएको सिफारिस अनुसार चारै दलबाट मन्त्री बन्ने भन्नेको कार्य विभाजन पनि गरिएको छ ।

देउवाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी गजेन्द्र हमाललाई दिएका छन् ।

सरकार गठन भएको ८८औं दिनमा मन्त्रिपरिषद् विस्तार गर्दै देउवाले गैरसांसद हमाललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

यस्तो छ कार्य विभाजन

कांग्रेस

गृह मन्त्रालय– बालकृष्ण खाण

सञ्चार, सूचना तथा प्रविधि– ज्ञानेन्द्रबहादुर कार्की

परराष्ट्र मन्त्रालय – नारायण खड्का

रक्षा मन्त्रालय – डा.मिनेन्द्र रिजाल

कानुन न्याय तथा संसदीय मामिला– दिलेन्द्र बडु

खानेपानी मन्त्रालय – उमाकान्त चौधरी

महिला बालबालिका तथा ज्येष्ठ नागरिक– उमा रेग्मी

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय – गजेन्द्र हमाल

माओवादी केन्द्र

ऊर्जा मन्त्रालय – पम्फा भुषाल

अर्थ मन्त्रालय – जनार्दन शर्मा

शिक्षा विज्ञान तथा प्रविधि– देवेन्द्र पौडेल

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण– शशी श्रेष्ठ

युवा तथा खेलकुद मन्त्रालय– महेश्वर गहतराज

एकिकृत समाजवादी

स्वास्थ्य तथा जनसंख्या – विरोध खतिवडा

संस्कृति पर्यटन तथा नागरिक उड्यन– प्रेम आले

श्रम रोजगार तथा सामाजिक सुरक्षा– कृष्णकुमार श्रेष्ठ (किसान)

सहरी विकास मन्त्रालय– रामकुमार झाँक्री

स्वास्थ्य राज्यमन्त्री – भवानीप्रसाद खापुङ

जसपा

संघीय मामिला तथा सामान्य प्रशासन– राजेन्द्र श्रेष्ठ

भौतिक पुर्वाधार तथा यातायात – रेणु यादव

वन तथा वातावरण– रामसहाय यादव

कृषि तथा पशुपन्छी विकास– महेन्द्र राय यादव

Recent Comments

No comments to show.