सार्वजनिक यातायातको भाडा बढ्यो, उपत्यकामा चढ्ने बित्तीकै १८ रुपैयाँ (सूचीसहित)

सार्वजनिक यातायातको भाडा बढ्यो, उपत्यकामा चढ्ने बित्तीकै १८ रुपैयाँ (सूचीसहित)

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । बागमती प्रदेश सरकारले प्रदेशभर लागू हुनेगरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ ।

बागमती प्रदेश सरकारले कात्तिक १ गतेदेखि लागू हुने गरेर २३ प्रतिशत भाडा बढाएको हो ।

प्रदेशभित्र सञ्चालन हुने यात्रुबाहक सार्वजनिक सवारी साधन (उपत्यका बाहेक)  को हकमा २३ प्रतिशतले भाडा वृद्धि गरिएको छ । यसैगरी काठमाडौं उपत्यकामा चल्ने यातायातका साधनमा पनि भाडा वृद्धि भएको छ ।

जसअनुसार उपत्यकामा यात्रा गर्ने यात्रुले २० किलोमिटरभन्दा बढीको दूरीमा यात्रा गर्ने यात्रुले ३५ रुपैयाँ भाडा तिर्नुपर्ने छ ।

यस्तै, २० किलोमिटरसम्मको दूरीमा यात्रा गर्ने यात्रुले ३० रुपैयाँ भाडा तिर्नुपर्ने भएको छ । ५ किलोमिटर दुरीसम्मको भाडा १८ कायम गरिएको छ भने १० किलोमिटरसम्म  २३ कायम गरिएको बागमती प्रदेश यातायात मन्त्रालयले जनाएको छ।

यसअघि, सार्वजनिक यातायातले सबैभन्दा छोटो दूरीको यात्रा गर्ने यात्रुसँग न्यूनतम १५ रुपैयाँ लिँदै आएका थिए । यद्यपि, छोटो दूरीको भाडादर भने १३ रुपैयाँ कायम थियो ।
 

Recent Comments

No comments to show.