फोर्ड एभरेष्टको बुकिङ्ग खुल्ला

फोर्ड एभरेष्टको बुकिङ्ग खुल्ला

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालको लागि फोर्ड गाडीको आधिकारिक विक्रेता जि.ओ. अटोमोवाइल्सले २।० लि। वाई– टर्वो डिजेल इन्जिन र विश्वमै पहिलो १० स्पीड अटोकेटिक ट्रान्समिसन भएको फोर्ड एभरेष्टको आइतवार देखि बुकिङ्ग खुला गरेको छ ।

यसको शुरुवाती नेपाली मूल्य १।९९ करोड रहेको छ । अफ–रोडका उत्कृष्ट प्रदर्शन गर्न सक्ने यस गाडीको सर्भिसिङ्ग मूल्य अत्यन्तै किफायती रहेको छ भने यसमा रहेको विषेश सुविधाहरुले नेपालको प्रिमियम एसयूभी बजारमा २०२२ फोर्ड एभरेष्टले एक नयाँ वेन्चमार्क बनाउने कम्पनीको दावी छ ।

विश्व बजार र एसिया क्षेत्रमा फोर्ड एभरेष्ट एकदमै लोकप्रिय एसयूभी हो । पहिलो पटक २००३ मा बजारमा आएको फोर्ड एभरेष्टको अहिलेको दोस्रो संस्करणको मोडल २०१५ देखि बजारमा उपलब्ध भएको थियो । ठूलो गाडी भए पनि एभरेष्ट चलाउन एकदमै सजिलो रहेको र यसमा भएको लाइट स्टेरिङ्गले पार्किङ्ग गर्दा पनि सहज महसुस गराउने कम्पनीले जनाएको छ ।

Recent Comments

No comments to show.