साहस उर्जाको आईपीओ बाँडफाँड,यसरी हेर्नुहोस् सजिलै नतिजा

साहस उर्जाको आईपीओ बाँडफाँड,यसरी हेर्नुहोस् सजिलै नतिजा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  साहस उर्जा कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ ।

उक्त आईपीओको बाँडफाँड अहिले बिहान ९ बजे निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालय, लाजिम्पाट, काठमाडौँमा सम्पन्न भएको हो ।

कम्पनीले असोज ६ गतेदेखि असोज १० गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्य दरका ७० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । जसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियो । 

मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो ।

अन्तिम दिनसम्म २३ लाख ९५ हजार ४५६ जनाले आवेदन दिएका थिए । जसमध्ये, २३ लाख ८३ हजार ४६० जनाको आवेदन मात्र योग्य थियो । जस अनुसार ६ लाख ४४ हजार जना आवेदकहरूले १० कित्ताका दरले सेयर हात पारेका छन् । बाँकीको भने हात खाली भएको छ । 

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट सम्बन्धि कम्पनीको र विक्री प्रबन्धकको वेबसाइटबाट हेर्न सकिनेछ ।

लगानीकर्ताले विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको वेबसाइट गएर कम्पनीको नाम छान्ने र तल्लो कोठामा १६ अंकको डिम्याट नम्बर हालेपनि तपाइलाई आइपीओ परेको या नपरेका जानाकारी हुनेछ ।

कम्पनीको आइपीओको रिजल्ट  कम्पनीको  विक्री प्रबन्धकको वेबसाइट,साहस उर्जा कम्पनी लिमिटेडको वेभसाइट  र  मेरो सेयरमा गई  समेत हेर्न सकिनेछ ।

 यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

Recent Comments

No comments to show.