एमसीसी अनुमोदन गर्नुपर्छ, पाँच दलीय गठबन्धन टुट्दैन: पूर्वप्रधानमन्त्री भट्टराई

एमसीसी अनुमोदन गर्नुपर्छ, पाँच दलीय गठबन्धन टुट्दैन: पूर्वप्रधानमन्त्री भट्टराई

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गराउनुपर्ने बताएका छन् ।

लमजुङको सदरमुकाम बेँसीशहरमा बुधबार आयोजना गरिएको जसपाको संगठन सुदृढीकरण जनजागरण अभियानलाई सम्बोधन गर्दै डा.भट्टराईले एमसीसीमा राष्ट्रिय सहमति गरेर छिटो अनुमोदन गर्नुपर्ने बताएका हुन् ।

डा.भट्टराईले एमसीसी जस्ता विषयमा राष्ट्रिय दलबीचमा समझदारी आवश्यक रहेको समेत बताए । ‘एमसीसीको विषय अहिले पेचिलो रूपमा उठेको छ’, उनले भने, ‘यस्ता राष्ट्रिय मामिलाका विषयमा प्रमुख दलबीच समझदारी बनाएर नै अगाडि बढ्नुपर्छ ।’

अर्को एक प्रसंगमा पूर्वप्रधानमन्त्री भट्टराईले पाँच दलीय गठबन्धनको सरकारले निर्वाचन गराउने र यो गठबन्धन नटुट्ने बताए । उनले संविधान र राष्ट्रको रक्षाका लागि निर्माण भएको गठबन्धनमा कुनै पनि विवाद नरहेकाले नटुट्ने दाबी गरे । 

Recent Comments

No comments to show.