काठमाडौं । मनसुन क्रमश निस्क्रिय बन्दै गएको छ । हल्का पानी परे पनि ठूलो वर्षाको सम्भावना टर्दै गएको मौसमविद्ले बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा छत्तिसगढ आसपासमा अवस्थित न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा छ । मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा थोरै दक्षिणतिर छ ।
शुक्रबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । शनिबार पनि मुलुकका केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
प्रतिक्रिया