आज अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। प्रत्येक वर्ष २१ सेप्टेम्बरका अवसरमा मनाइने अन्तर्राष्ट्रिय शान्ति दिवस आज विभिन्न कार्यक्रम आयोजना गरि देशभर मनाइँदैछ। 

सन् १९८१ मा संयुक्त राष्ट्रसङ्घ महासभा सुरु भएको दिन पारेर राष्ट्रसङ्घद्वारा प्रस्ताव पारित गरि राष्ट्रसङ्घ महासभा सुरु हुने सेप्टेम्बर महिनाको तेस्रो मङ्गलबारका दिन शान्ति दिवस मनाउने निर्णयअनुरुप सन् १९८२ को सेप्टेम्बरमा पहिलो शान्ति दिवस मनाइएको थियो। सन् २००२ मा भएको संयुक्त राष्ट्रसङ्घ महासभाले सेप्टेम्बर २१ लाई स्थायी रुपमा अन्तर्राष्ट्रिय शान्ति दिवस घोषणा गरेको थियो।

आणविक अस्त्रको विकास, परीक्षण, उत्पादन/निर्माण, भण्डारण आदिलाई निषेध गरेको आणविक हतियार निषेध सन्धि २०२१ जनवरी २२ बाट लागू भइसकेको छ। ८६ राष्ट्रले हस्ताक्षर गरिसकेको र ५५ राष्ट्रद्वारा अनुमोदित यो महासन्धिमा नेपालले २० सेप्टेम्बर २०१७ मै हस्ताक्षर गरे पनि अझैसम्म अनुमोदन गरेको छैन।

शान्तिका लागि क्रियाशील स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजले यो सन्धि शीघ्र अनुमोदन गर्न माग गर्दै प्रदर्शन गर्न लागेको महासचिव रामकृष्ण बरालले जानकारी दिए।

Recent Comments

No comments to show.