प्रतिस्थापन विधेयक बुधबारदेखि स्वतः निष्क्रिय, केही दिन सरकारी खर्च रोकिने

प्रतिस्थापन विधेयक बुधबारदेखि स्वतः निष्क्रिय, केही दिन सरकारी खर्च रोकिने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपाका अध्यक्ष केपी ओली सरकारले अध्यादेशमार्फत गत जेठ १५ गते ल्याएको बजेट वर्तमान सरकारले प्रतिस्थापन विधेयक ल्याएर संशोधन गरिसकेको छ।

प्रतिनिधि सभामा प्रस्तुत भएको प्रतिस्थापन विधेयक पारित हुन ढिलाई हुने देखिएसँगै अर्थमन्त्री शर्माले केही दिन खर्च रोकिन सक्ने औँल्याएका छन्।

प्रतिस्थापन विधेयक भदौ ३० गतेसम्म पारित नभएपछि स्वतः निष्क्रिय हुने व्यवस्था छ ।

प्रतिनिधिसभाले बजेटको प्रतिस्थापन विधेयक टुंगो लगाउन नसकेपछि बुधबारबाट सरकारी खर्च बन्द हुने भएको छ ।

सरकारी खर्च गर्न रोक लागे पनि राजश्व संंकलन गर्न अवरोध छैन । आर्थिक विधेयक संसदमा पेश भइसकेकाले सामयिक कर असुली ऐन २०१२ प्रयोग गरेर अध्यादेशअनुसारको कर संकलन हुनेछ । तर विनियोजन विधयेकमा परिर्वतन गरेको कर भने संकलन गर्न पाइने छैन ।

तर,सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेट नै पारित नगरि प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ। विधेयकमा संशोधनका लागि ७२ घण्टाको समय दिनुपर्ने भएकोले प्रतिनिधि सभाको बैठक असोज ४ गतेसम्म स्थगित गरिएको हो ।

Recent Comments

No comments to show.