काठमाडौं । हाल नेपालमा भारतको मध्यप्रदेश र विधार्वा आसपास अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेको हुँदा देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
आज राति देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाग्मती प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।
प्रतिक्रिया