असोज १ गतेदेखि काठमाडौंका विद्यालय खुल्ने

असोज १ गतेदेखि काठमाडौंका विद्यालय खुल्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं उपत्यकाका विद्यालय आउँदो असोज १ गतेदेखि खुल्ने भएका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली र स्थानीय तहका प्रतिनिधिको बैठकले असोजबाट विद्यालय खोल्ने निर्णय गरेको हो।

हाल अनलाइनमार्फत पठनपाठन हुँदै आएको छ ।

अनलाइन कक्षा प्रभावकारी नभएको अवस्थामा पालिकाहरूले अभिभावक र शिक्षकसँग छलफल गरेर निर्णय गरी असोज १ गतेदेखि विद्यालय खोल्ने र त्यसको जानकारी जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई दिने निर्णय भएको छ ।

विद्यालय सञ्चालन गर्दा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना भए/ नभएको अनुमगन गरेर पालना गराउने जिम्मेवारी पालिकाहरूले लिने छन् ।

बैठकमा विद्यालयहरूले अहिले ४० प्रतिशत विद्यार्थीले मात्र अनलाइन कक्षा लिइरहेको भन्दै विद्यालय खोल्न ढिला गरेमा धेरै विद्यार्थी पढ्नबाट वञ्चित हुने बताएका थिए ।

कोभिड-१९ को दोस्रो लहर आएपछि १६ वैशाखबाट काठमाडौंमा निषेधाज्ञा जारी गरिएको थियो। त्यससँगै विद्यालय पनि बन्द भएका थिए।

१७ भदौमा जारी उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको निषेधाज्ञा सम्बन्धी आदेशमा विद्यालय खोल्न जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गर्नुपर्ने उल्लेख थियो। केही स्थानीय तहले संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरेर विद्यालय खोल्न थालेका थिए।

Recent Comments

No comments to show.