रोनाल्डो बने अन्तर्राष्ट्रिय फुटबलका सर्वाधिक गोलकर्ता

रोनाल्डो बने अन्तर्राष्ट्रिय फुटबलका सर्वाधिक गोलकर्ता

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । क्रिस्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

बुधबार विश्वकप छनोटअन्तर्गत रिपब्लिक अफ आयरल्यान्डविरुद्ध खेलमा पोर्चुगलका कप्तान समेत रहेका रोनाल्डोले  २ गोल गर्दै यो किर्तिमान बनाएका हुन्। 

यसअघि रोनाल्डोले युरोपेली च्याम्पियनसिपका दौरान इरानका अली दाइको नाममा रहेको १ सय ९ गोलको कीर्तिमान बराबरी गरेका थिए । बुधबारको खेलमा आयरल्यान्डविरुद्ध बराबरी गोल गर्दै १ सय १० औं गोल गरेका रोनाल्डोले इन्ज्युरी समयमा विजयी गोल गर्दै आफ्नो गोल संख्या १ सय ११ पुर्याए । रोनाल्डोले राष्ट्रिय टोलीका लागि १ सय ८० औं खेलमा यो कीर्तिमान हासिल गरेका हुन् ।

युरो कप अन्तर्गत फ्रान्सविरुद्धको खेलमा दुई गोल गर्दै ३६ वर्षीय रोनाल्डोले अली दाईको १०९ अन्तर्राष्ट्रिय गोललाई बराबरी गरेका थिए । उनले युरोको समूह चरणमा हंगेरीविरुद्ध २ र जर्मनीविरुद्ध १ गोल गरेका थिए । अली दाईले १९९३ देखि २००६ को अवधिमा १४९ खेलमा १०९ गोल गर्दै यो कीर्तिमान राखेका थिए ।

खेलअघि रोनाल्डोलाई युरोपेली च्याम्पियनसिप २०२० को सर्वाधिक गोलकर्ताको ट्रफी पनि प्रदान गरिएको थियो । रोनाल्डोले युरोका दौरान पोर्चुगलका लागि ५ गोल गरेका थिए । 

Recent Comments

No comments to show.