खनाललाई भेटेर प्रचण्डले गरे स्वास्थ्य लाभको कामना

खनाललाई भेटेर प्रचण्डले गरे स्वास्थ्य लाभको कामना

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नवगठित नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाललाई भेटेका छन्। प्रचण्ड खनाललाई भेट्न डल्लु पुगेका हुन्।

खनालको निवासमा पुगेर प्रचण्डले स्वास्थ्य अवस्थाबारे जानकारी लिएको प्रचण्डको सचिवालयले जनाएको छ। खनाललाई भेट्न आज बिहान प्रचण्ड उनकै निवास डल्लु पुगेका थिए।

खनाल भारतमा उपचार गरेर केही दिनअगाडि स्वदेश फर्केका हुन्। नयाँदिल्लीमा खनालको मिर्गौला प्रत्यारोपण गरिएको थियो।

Recent Comments

No comments to show.