प्रतिनिधि सभाको सबैभन्दा ठूलो दुई चिरा, नेकपा एकीकृत समाजवादीले पायो दलको मान्यता

प्रतिनिधि सभाको सबैभन्दा ठूलो दुई चिरा, नेकपा एकीकृत समाजवादीले पायो दलको मान्यता

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । माधव नेपाल नेतृत्वमा गठन भएको नेकपा  एकीकृत समाजवादीले दलको मान्यता पाएको छ ।

बुधबार दिउँसो भएको सनाखतपछि निर्वाचन आयोगले नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई राजनीतिक दलका रुपमा वैधता दिएको हो।

आयोगको निर्णयसँगै प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेकपा एमाले औपचारिक रूपमै विभाजन भएको छ ।

सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न पाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि एमालेका ५८ केन्द्रीय सदस्यले नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए ।

उनीहरुमध्ये ५६ जनाले सनाखत गरेका छन् । ३० बाहेक अन्य चार सांसदले पनि माधव नेपालको पक्षमा लाग्ने जनाउ दिएका छन् ।

तर दल दर्ताको निवेदनमा उनीहरूको हस्ताक्षर नभएका कारण आयोगले बुधवार सनाखत गर्न अस्वीकार गरेको हो ।

उनीहरू नयाँ पार्टीमा लाग्न पाउने या एमालेकै सांसद रहने भन्नेमा अन्योल कायमै छ ।

Recent Comments

No comments to show.