काठमाडौं । कोभिड-१९ सङ्क्रमणबाट मलेसियामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी तिलाठी कोइलाडी गाउँपालिका-८ तोपाका ४० वर्षीय शिवचन्द्र खंग छन् ।
मलेसियाको साहआलम सहरमा सेक्युरिटी गार्डमा कार्यरत उनी दुई हप्ताअघि सङ्क्रमति भएका बताइएको छ ।
उपचारका क्रममा खंगको आज मृत्यु भएको तिलाठी कोइलाडी-८ तोपाका कौशलकुमार यादवले जानकारी दिए । उनका अनुसार खंग चारवर्ष अगाडि रोजगारीका लागि त्यहाँ पुगेका थिए ।
प्रतिक्रिया