गुआम । गुआमको यिगोमा शहरमा गएराति कार दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटना एक पुरुष र एक बालिका घाइते भएका छन्।
दुइवटा कार एक आपसमा ठोक्किदा अनियन्त्रित भएर सडकमै दुर्घटना हुदा एक महिलाको मृत्यु भएको गुआम प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका एक पुरुष र एक बालिकाको गुआम क्षेत्रीय मेडिकल सिटीमा रहेको गुआम मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कारमा तिन जना सवार थिए ।
प्रतिक्रिया