काठमाडौं । नेपाल विद्युत् प्राधिकणको कार्यकारी निर्देशक पदमा कुलमान घिसिङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय खारेजीको माग गर्दै यसअघिका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत पुगेका छन्।
शाक्यले सोमबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन्। शाक्यले पदाधिकारीबाट आफूलाई हटाएको आधिकारिक पत्र नपाएको र सरकारले आफूलाई हटाएर कुलमानलाई ल्याउँदा ‘संविधान सम्मत मेरो अधिकार हनन भएको’ दावी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।
यसका साथै शाक्यले विद्युत प्राधिकरणमा आफैंलाई कायम गर्न समेत अन्तरिम आदेशको माग गरेका छन् ।
यसअघि शाक्यकै सहमतिमा कुलमानलाई प्राधिकरणमा नियुक्त गरेको सरकारले दावी गरिएको थियो ।
प्रतिक्रिया