अखिल फोर्सद्वारा शंकरदेवमा सेनेटरी प्याड मेसिन वितरण

अखिल फोर्सद्वारा शंकरदेवमा सेनेटरी प्याड मेसिन वितरण

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । केन्द्रीय अखिल फोर्सले सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण गरेको छ ।

सोमवार शंकरदेव क्याम्पसमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय कमिटीको समन्वयमा केन्द्रीय अखिल फोर्सले सेनेटरी प्याड भेनि्डङ मेसिन वितरण गरेको हो । 

अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीले देशभरका आङ्गिक क्याम्पसहरुमा सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण गर्ने जानकारी दिए ।

पराजुली भन्छन्, ‘अखिल फोर्सले देशभरका विद्यार्थीका मागलाई सम्बोधन गर्ने, शैक्षिक मुद्दाहरुमा केन्द्रित हुने र रचनात्मक काम गर्नेमा लागी पर्ने योजनाअनुरुप काम गरिरहेको छ । त्यसकै एक उदाहरणीय काम प्याड भेन्डिङ मेसिन वितरण हो।’ 

शंकरदेव क्याम्पसकी उपप्रमुख मिखा श्रेष्ठले भनिन्, ‘अखिल फोर्सले जुन अभियान शुरु गरेको छ, यो एकदमै राम्रो छ । आङ्गिक कलेजमा धेरै कमी कमजोरी छन्, यी सबैमा हामी सबै मिलेर गर्नुपर्छ ।’

अखिल फोर्सले कलेजमा महिलाहरुलाई पर्ने समस्याहरुलाई कलेज प्रशासनसहित कसैले पनि ध्यान नदिएकाले यो अभियान शुरु गरेको जनाएको छ । 

Recent Comments

No comments to show.