सेञ्चुरी बैंकको नाफा घट्यो, वितरण योग्य मुनाफा ५९ करोड

सेञ्चुरी बैंकको नाफा घट्यो, वितरण योग्य मुनाफा ५९ करोड

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा वितरणयोग्य मुनाफा बढेको छ।

आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ६.७७ प्रतिशत घटेर ७५ करोड ३६ हजार रुपैयाँ आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.७७ प्रतिशत कम हो ।

अघिल्लो आवको सोही अवधिमा बैंकले ८० करोड ४५ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ५९ करोड ४६ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.२९ प्रतिशत घटेको छ भने नेट फि तथा कमिशन आम्दानी ५१.९६ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा १४.९० प्रतिशत घटेको छ।

गत असार मसान्तसम्म बैंकको चुक्ता पूँजी ७.३६ प्रतिशत बढेर ९ अर्ब ३ करोड ४४ लाख ३० हजार रुपैयाँ, जगेडा कोष ६.१४ प्रतिशत घटेर २ अर्ब १ करोड ८० लाख २८ हजार रुपैयाँ, निक्षेप ४३.१५ प्रतिशत बढेर ९३ अर्ब ४९ करोड ६६ लाख २८ हजार रुपैयाँ र कर्जा ३४.३० प्रतिशत बढेर ७८ अर्ब ९ करोड ६७ लाख ९२ हजार रुपैयाँ रहेको छ ।

बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ २६ पैसा घटेर ८ रुपैयाँ ३० पैसामा सिमित भएको छ । बैंकको प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ३४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३५.०५ गुणा रहेको छ ।

Recent Comments

No comments to show.