क्वालालम्पुर । मलेशियाका प्रधानमन्त्री मुहिद्दिन यासिनले राजीनामा दिएका छन् ।
उनले सोमवार त्यहाँका राजा अब्दुल्ला सुल्तान अहमद शाहलाई राजीनामा पत्र बुझाएका हुन् । संसदमा बहुमत गुमाएसँगै उनले राजीनामा दिएको रोयटर्सले आफ्नो वेबसाइटमा समाचार छापेको छ । प्रधानमन्त्री पदमा नियुक्त भएको १८ महीना नबित्दै उनको राजीनामा आएको हो। अब त्यहाँ कसले सरकार बनाउँछ भन्ने खुलिसकेको छैन।
गत वर्षको मार्च महीनामा उनी प्रधानमन्त्री बनेका थिए। तर पछिल्ला केही हप्तामा राजीनामा दिन उनलाई दबाब आइरहेको थियो।
उनलाई गठबन्धनको सरकारमा रहेको सबैभन्दा ठूलो पार्टी यूनाइटेड मलेज नेशनल (यूएमएनओ) ले राजीनामा दिन दबाब दिएको थियो। पार्टीले यासिनलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो। यासिनले संसदमा आफूसँग बहुमत भएको बताउँदै आएका थिए। एजेन्सीहरु
प्रतिक्रिया