एट्लेटिको म्याड्रिड विजयी

एट्लेटिको म्याड्रिड विजयी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । नयाँ सिजनको स्पेनिस ला लिगामा साविकको विजेता एट्लेटिको म्याड्रिडले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा एट्लेटिकोले सेल्टा डि भिगोलाई उसकै मैदानमा २-१ ले पराजित गरेको हो ।

एट्लेटिकोलाई जित दिलाउनको लागि दुवै गोल एन्जल कोरेआले गरे । घरेलु टोलीका इगो आस्पासले एक गोल फर्काए ।

खेलको २३औं मिनेटमा एन्जल कोरेआको गोलबाट एट्लेटिकोले अग्रता लिएको थियो । उनले थोमस लेमारको पासमा गोल गरेका थिए।

५९औं मिनेटमा इगो आस्पासले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । मार्कोस लोरेन्टले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै घरेलु टोलीलाई पेनाल्टी प्रदान गरेको थियो ।

६४औं मिनेटमा एन्जल कोरेआको व्यक्तिगत दोस्रो गोल गरेपछि एट्लेटिकोले खेलमा पुनः २-१ को अग्रता दिलाए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल एट्लेटिकोले जित्यो ।

Recent Comments

No comments to show.