काठमाडौ । इन्डियन आइडल १२ को विजेता पवनदीप राजन बनेका छन् । भारतकाे सोनी टीभीबाट प्रसारण हुने गायनको रियलिटी शोकाे उपाधि पवनले जितेका हुन् ।
फाइनलमा पवनदीपको प्रतिस्पर्धा अरुणिता कांजीलाल, मोहम्मद दानिश, शनमुख प्रिया, निहाल तारो र सायली कांबलेसँग भएको थियो ।
पवनदीपले ‘इन्डियन आइडल १२’ को ट्रफीका साथै स्विफ्ट कार र २५ लाख भारु हात पारे । पवनदीप विजेता बन्दा दर्शकदीर्घामा बसेकी उनकी आमा निकै भावुक भएकी थिइन् ।
प्रतिक्रिया