थपियो कांग्रेसका भातृ संस्थाको म्याद

थपियो कांग्रेसका भातृ संस्थाको म्याद

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसले ९ वटा भातृ संस्थाको म्याद ६ महिना थपेको छ । शनिबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले ९ वटा भातृ संस्थाको म्याद थप्ने निर्णय गरेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको पदावधि समाप्त भएको मितिले ६ महिना थप गर्ने निर्णय पार्टीले गरेको हो ।

यस्ता भातृ संस्थाको म्याद पार्टी विधानविपरीत ६/६ महिना गरी तीन पटक थपिइसकेको छ । पार्टी विधानमा महाधिवेशन गर्न नसक्ने भातृ संस्थाको म्याद एक पटकका लागि मात्रै ६ महिना थप्न सकिने व्यवस्था छ ।

Recent Comments

No comments to show.