नेपाल बैंकको वितरण योग्य मुनाफा ५८ प्रतिशतले बढ्यो, नाफा ३ अर्ब ६ करोड बढी

नेपाल बैंकको वितरण योग्य मुनाफा ५८ प्रतिशतले बढ्यो, नाफा ३ अर्ब ६ करोड बढी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।  नेपाल बैंक लिमिटेडले गत आर्थिक बर्ष २०७७/०७८को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । जसअनुसार बैंकले असार मसान्तसम्मा ३१.४० प्रतिशत नाफा कमाएको देखिएको छ । 

अघिल्लो आर्थिक बर्ष २०७६/०७७ असार मसान्तसम्ममा २ अर्ब ३३ करोड २८ लाख ८८ हजार रुपैयाँ बराबरको नाफा गरेको बैंकले गत आ.व.को सोही अवधिमा ३ अर्ब ६ करोड ५४ लाख ५७ रुपैयाँ बराबरको नाफा गरेको छ । 

यसैगरी बैंकले समीक्षा अवधिसम्म निक्षेप रकम १४.९९ प्रतिशतले बृद्धि गरेको छ भने कर्जा लगानी ३०.२३ प्रतिशतले बढाएको छ ।

अघिल्लो आ.व. चौथो त्रैमासमा ११ अर्ब २८ करोड २८ लाख २० हजार रुपैयाँ बराबर चुक्ता पुँजी रहेकोमा गत आ.व.को सोही अवधिमा सो रकम १२ प्रतिशतले बृद्धि गरी १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार रुपैयाँ पुर्याएको छ । 

बैंकको जगेडा कोष रकम ९.९९ प्रतिशत र सञ्चित कोष रकम ६२.५० प्रतिशतले बृद्धि भएको छ भने वितरणयोग्य मुनाफा ५८.२० प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंकले खुद ब्यजा आम्दानी र सञ्चालन मुनाफा रकम बृद्धि हुँदा नाफा बढेको हो । 

यस अवधिमा बैंकले सञ्चालन मुनाफा रकम ३८.३५ प्रतिशत र खुद ब्याज आम्दानी रकम १४.९८ प्रतिशतले बृद्धि गरेको हो । गत आ.व.को चौथो त्रैमासमा बैंकले खराब कर्जा रकम १४.९८ प्रतिशतले घटाएको छ ।

बैंकको सीसीडी रेसियो ७४.३४ प्रतिशत, प्रतिशेयर आम्दानी २४.२६ रुपैयाँ, मूल्य आम्दानी अनुपात १८.२८ गुणा र नेटवर्थ १६३ रुपैयाँ १९ पैसा रहेको छ । 

Recent Comments

No comments to show.