काठमाडौं । नेपाली बजारमा सोमबार छापावाल सुन प्रतितोलामा एक हजारले घटेर ८९ हजारमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार पनि सुनको मूल्य तोलामा १५ सय गिरावट आएको थियो । आज तेजावी सुनको मूल्य ८८ हजार ५५० कायम गरिएको छ । यता प्रतितोला २० रूपैयाँ घटेको चाँदीको आजको भाउ १ हजार २ सय १५ रूपैयाँ कायम छ ।
प्रतिक्रिया