संकटग्रस्त उद्योगको ब्याज मिनाहा गर्ने, पर्यटन क्षेत्र विकासको लागि तत्कालै राहत

संकटग्रस्त उद्योगको ब्याज मिनाहा गर्ने, पर्यटन क्षेत्र विकासको लागि तत्कालै राहत

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका छन्।

सिंहदरबारमा आयोजित कार्यक्रममा देउवाले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्। सार्वजनिक गर्ने क्रममा संकटग्रस्त उद्योगको ब्याज मिनाहा गर्ने बताइएको छ ।

भ्रष्टाचार न्यून गर्न भन्दै इ बिडिङ मोडलमा काम गर्ने रहेको छ । कृषि बीमाको व्यवस्था गरी जोखिम न्यूनिकरण गर्ने,आन्तरिक लगानीमा नै ठूला जलाशय युक्त आयोजना निर्माण गर्ने र निर्यातका लागि वैदेशिक लगानी लिने कार्यक्रम रहेको छ ।

पर्यटन क्षेत्रको विकासको लागि तत्कालै राहतका कार्यक्रम ल्याउने बताइएको छ । उत्पादन मुलक उद्योग स्थापनामा जोड दिने, आन्तरिक उत्पादनको प्रयोगमा जोड दिने नीति रहेको छ । संविधान अन्सार भूमिहिनलाई भूमि उपलब्ध गराउने रहेको छ ।

यस्तै नेपालमै कोरोना खोप उत्पादनका लागि पहल गर्ने, लिम्पियाधुरा, लिपुलेक तथा कालापानीजस्ता सीमामा देखिएका समस्या कुटनीतिक तवरबाट हल गर्ने पनि कार्यक्रममा समावेश छ।

यस्तै जसपाको मागअनुसार लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रम पनि समावेश छ। कार्यक्रममा प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु सहभागी भएका थिए ।

Recent Comments

No comments to show.