काठमाडौँ । नेकपा एमालेको माधव कुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा ७० जना मात्र उपस्थित भएका छन् ।
नेपाल र झलनाथ खनाल समूहमा यसअघि ८८ केन्द्रीय सदस्य रहेको दाबी गरिएको भएपनि बिहीवार बुद्धनगरस्थित क्वालिटी बैंकटमा बसेको बैठकमा जम्मा ७० जना उपस्थित भएका हुन् ।
बैठकमा एमाले सचिव योगेश भट्टराई र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे उपस्थित छैनन् । १५ जना केन्द्रीय सदस्यहरूले लिखित सुझाव पठाएको एक केन्द्रीय सदस्यले बताए ।
आजको बैठकलाई संस्थापन पक्षले अनाधिकृत भन्दै सहभागी नहुन आग्रह गरेको थियो ।
प्रतिक्रिया