काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शीर्ष नेताहरूकोको बैठक आज दिउँसो १२ बजे बस्दैछ ।
बैठकमा आसन्न १४औं महाधिवेशनको विषयमा छलफल हुने छ । साथै बैठकमा क्रियाशील सदस्यता तथा यसअघि स्थगित भएको तल्लो तहको अधिवेशनको विषयमा समेत छलफल हुने जनाइएको छ ।
बैठकमा महाधिवेशनको नयाँ कार्यतालिकाको विषयमा समेत छलफल हुने जनाइएको छ । यसैबीच, आजको बैठकले आफ्नो पक्षबाट सरकारमा सहभागिता तथा व्यक्तिसमेत टुंगो लगाउने ती नेताले जानकारी दिए ।
प्रतिक्रिया