काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार १०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ११,३५४ पीसीआर गर्दा २,९७५ र ४, ९४४ एन्टीजेन परीक्षण गर्दा १,१३२ व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।
आज १,५३५ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ३५ जनाको निधन भएको छ । देशभर ३३ हजार ४६४ सक्रिय संक्रमितको संख्या रहेको छ ।
जसमध्ये होम आइसोलेसनमा ३० हजार २७० र ३ हजार १९४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ७१४ आइसीयूमा र १५६ जना भेन्टिलेटरमा उपचारत छन् ।
हालसम्म नेपालमा ७ लाख ६९ हजार ९२२ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरि ६ लाख ६१ हजार ६५१ जना संक्रमणमुक्त भएका छन् भने ९ हजार ९५७ जनाको संक्रमणको कारणले निधन भएको छ ।
प्रतिक्रिया