उत्कृष्ट काम गर्ने असई लुईट्टेल पुरस्कृत

उत्कृष्ट काम गर्ने असई लुईट्टेल पुरस्कृत

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उत्कृष्ट कार्य गरेको भन्दै महाशाखाको पीडित सहायता ईकाईमा कार्यरत असई कृष्ण प्रसाद लुईटेललाई पुरस्कार प्रदान गरेको छ।

मङ्गलवार ट्राफिक प्रहरी महाशाखा काठमाडौंमा एक कार्यक्रमका वीच सो पुरस्कार वितरण गरिएको हो।

विभागीय नीति निर्देशन बमोजिम ट्राफिक प्रहरीको कामकारवाहीलाई परिमाणमुखी र व्यवसायिक ढंगबाट उपत्यकाको विभिन्न समयमा भिन्न-भिन्न स्थानबाट हराएका मोटरसाईकलहरू चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सुचना संकलन एंव निगरानीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने, त्यस्ता व्यक्तिलाई नियन्त्रणमा ल्याई कानुनी दायरामा ल्याउने तथा हराएका मोटरसाईकल खोजतलास गरी परिमाणमुखी भूमिका खेल्ने तथा आम नागरिकमा सुरक्षाको अनुभूति हुने गरी प्रहरीको छवि उच्च बनाउनेजस्ता प्रशंसनीय कार्य गरेकाले उनलाई कार्यसम्पादन मूल्यांकनका आधारमा पुरस्कृत गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

लुईटेललाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले तीनपुस्तेमा रेकर्ड जनिने गरी प्रमाणपत्र र एक हजार रूपैयाँ सहित पुरस्कृत गरेका हुन् । 

सम्बन्धित विषय


Recent Comments

No comments to show.